डोनाल्ड ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल सजाय

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमा विष पठाएको आरोपमा एक क्यानेडियन महिलालाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।५६ वर्षीया पास्केल फेरिर नाम गरेकी ती महिलाले रिसिन नामक विषले भरिएको चिठी जैविक हतियारका पूर्व राष्ट्रपति ट्रम्पलाई पठाएको पुष्टि भएको हो ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।

फेरिरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकार समेत गरेकी थिइन् । तर सो जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् ।फेरिरले जेल सजायँ भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने जनाएको छ ।