March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

‘विचरा माधव नेपाल! कम्युनिष्ट आन्दोलन समाप्त पार्न निक्कै तल गिरे’- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर बनान लागिपरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एमालेको बागमती प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न र एमाले सिध्याउन हद पार गरेको आरोप लगाएका हुन् । उनले एमाले सिध्याउन सडक,सदनहुँदै अदालतसम्म धाएको बताए ।

“विचरा माधव नेपाल! नाम त नलिए हुने हो,तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे, अदालत गए, कहाँ गएनन्, के गरेनन् उनले! र, प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए,” अध्यक्ष ओलीले भने, “दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर पछाडिको ढोकाबाट घोसेमुन्टो लाएर लुसुक्क गरेर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए ।”

शीर्ष समाचार

धेरै पढिएको