गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च

गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ । कालीमाटी बजारमा गोलभेँडाको न्यूनतम मूल्य ११५ रुपियाँ र अधिकतम मूल्य १८० रुपियाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार मात्रै सानो गोलभेँडाको भाउ प्रतिकेजी ११५ रुपियाँ थोक मूल्य कायम गरिएको छ भने ठुलो गोलभेँडाको मूल्य प्रतिकेजी १८० रुपियाँ रहेको छ । यो थोक मूल्य हो । खुद्रा बजारमा गोलभेँडाको भाउ झनै मनलाग्दी छ । जसले गर्दा सर्वसाधारण उपभोक्ताले गोलभेँडा उपभोग गर्नसमेत छोडिसकेका छन् ।
यस पटक भारतमा ठुलो वर्षा भएर गोलभेँडा खेती डुबानमा परेकाले उत्पादन कम हुँदा नेपाली गोलभेँडा भारतीय बजारमा जाँदा यसको असर नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन् ।
भारतमा यस पटक गोलभेँडा उत्पादन कम हुँदा काठमाडौँ उपत्यकाबाट तराई हुँदै भारत निर्यात भइरहेको छ एक महिना अघिसम्म भारतबाट पनि केही आउने गरेको थियो । अहिले भने उताबाट नआएर यताबाट गइरहेको छ । यसकै कारण भाउ बढेको हो ।” यो बेला गोलभेँडा उत्पादनको मौसम पनि नभएको र नेपालमा उत्पादन भएको गोलभेँडा पनि भारतीय बजारमा जान थालेपछि भाउ महँगो भएको हो ।
प्रतिकृया दिनुहोस्