भन्सार चोरी छली पैठारी नियन्त्रणमा कठोर बन्दै रुपन्देही प्रहरी
रुपन्देही प्रहरीले भन्सार छली चोरी पैठारीमा संलग्नलाई भन्सार कारवाही अतिरिक्त पशुपंक्षीलाई क्रुरता व्यवहार गर्नेलाई पनि मुद्धा चलाई कारवाही अगाडी बढाएको छ ।

मिति २०८०।०४।१६ गते अं. बिहान ०४:०० बजेको समयमा जिल्ला रुपन्देही मायाँदेवी गाउँपालिका वडा नं. ५ गोनाहा स्थितमा बोईलर कुखुराहरुको खुट्टमा रसीले बाँधी माथी खुट्टा र तल टाउको बनाई निर्मम तरिकाले झुण्डाई भन्सार छली चोरी पैठारी गरी लु ४ प २९९३ नं. को मो.सा. मा ५२ पिस जिउदो बोईलर कुखुरा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ३ वस्ने बर्ष १८ को दिलिप लोधले ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई वरामद गरी वोईलर कुखुरा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रुपन्देहीको प्रतिनिधीको रोहवरमा नष्ट गरीएको र निज दिलिप लोधलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट दिन ७ को म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२७ पशुपंक्षी सम्बन्धी कसूरको दफा-२९० (पशुपंक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने ) वमोजिम थप अनुसन्धान कार्य भईरहेको ।
प्रतिकृया दिनुहोस्