May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

अधिवक्ता भगवती पाण्डे पक्राउ

अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।नेपाल तामाङ संघ, नेपाल मगर संघ लगायतका संस्थाले उजुरी दिएपछि केहीदिन अघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।