गौरीघाट चावहिलमा सार्वजनिक सुनुवाइ
विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, ६ साउन । सामुदायिक सेवा केन्द्र चावहिले स्थानीय संघसंस्थाहरूको व्यापक सहभागिता जुटाई सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
साउन ६ गते शनिवार बिहान गौरीघाटस्थित हिलारी हाई स्कुल परिसरमा आयोजित सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश महर्जन तथा वडा नं। ७ का वडा सदस्य उज्जल अर्याल, रुपा थापा क्षेत्री, कल्पना कलस सुन्दास, सूर्य शाही, महानगरीय प्रहरी परिसर गौशाालाका प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख विष्णुप्रसाद ढुंगानाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय सामाजिक, शैक्षिक, टोलसुधार समिति, युवा, महिला समूहलगायत स्थानीयबासको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा विकास निर्माण, शान्ति सुरक्षा, लागूऔषध दुव्र्यसन, ढल–सडक, सवारी व्यवस्थापन लगायत समसामयिक सन्दर्भका प्रश्नहरू उठाएका थिए । उनीहरूको प्रश्नको उत्तर वडा र अन्य सरोवारवाला व्यक्तिहरूले दिएका थिए ।
प्रतिकृया दिनुहोस्