जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा मोवाईल तथा मोवाईलका पार्टपुर्जा वरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ९,७४,५००/- मुल्य वरावरको बिभिन्न किसिमका मोवाईल तथा मोवाईलका सामानहरु वरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिसहरु समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।
मिति २०८०।०४।०१ गते अं. २१:२० बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. १२ रामनगर स्थित जिल्ला रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २३ को दिनानाथ थारुले चलाएको बाट लु ३५ प ९७५७ नं. को स्कुटीमा अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छलि गरि लैजादै गरेको अवस्थामा बिभिन्न किसिमको मोवाईल २३ थान, बिभिन्न कम्पनिका मोवाईलका चार्जर तथा डाटा केवलहरु २१७ पिस, बिभिन्न किसिमका मोवाईलका डिस्पलेहरु ११८ पिस, सादा मोवाईलका व्याट्रीहरु ५०० पिस र Iphone कम्पनिको मोवाईलको कभर ३४ पिस गरी स्कुटी सहित अं. मुल्य ९,७४,५००/- बरामवरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस्