November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

विरगञ्ज जेसिजद्वारा १५ जनालाई राहत सामाग्री बितरण

विरगञ्ज, विरगञ्ज जेसिजले बिरगंज महानगरमा चुलो न बलेको घरमा चुलो बाल्ने अभियान कार्यक्रम शुरु गरेको छ ।

विरगञ्ज जेसिजका अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा भएको राहत सामाग्री बितरण कार्यक्रमको प्रमुख अतिथी विरगञ्ज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, अतिथीहरु ने.रे.सो रेशमकोठी को सचिव लालबाबु सिंह, विरगञ्ज महानगरपालिकाका सब इन्जिनियर सोहन थापा , निशान्त लामिछाने, सन्तोष खनाल, सुनिल भट्टराई, दिलिप ढुङ्गेल, मनिष श्रेष्ठ, सुरज कार्की, सावन थापा एवम विरगञ्ज जेसिजका पदाधिकारीहरुको उपस्तिथि रहेको राहत बितरण कार्यक्रमको संयोजक रन्जन राउत रहेको सो को सहजिकरण जेसि प्रेम पटेलले गर्नु भएको थियो ।

फोटो फिचर

चुलो नबलेको घरमा चुलो बाल्ने अभियान अन्तर्गत आज १५ जना लाई राहत सामाग्री उपलब्ध गराइयो र यो अभियान निरन्तर चली रहने बिरगंज जेसिज का उपाध्यक्ष बिजय अग्रवालले बताउनु भयो ।

शीर्ष समाचार

धेरै पढिएको