महिला श्रमिकको समस्या समाधानमा पहल गर्छु महिला संयोज पदका उम्मेदवार बिष्णु पाण्डे

दक्षिण काेरिया- गैर आवासिय नेपालीसंघ राष्ट्रिय संमन्वय परिषद एनआरएनए दक्षिण कोरिया आगामी २ वर्ष कार्यकालका लागि महिला संयोजका पदमा बिष्णु पाण्डेले उम्मेदवारी दिनुभएको छ। उहाँ हाल सिस्टरहुड दक्षिण काेरियाका अध्यक्ष समेत रहनु भएको छ। उक्त संस्था नेपाली महिला दिदिबहिनीहरु मात्रै आबद्ध छन् । आफ्नो संस्थागत हिसाबले पनि काममा नेपाली विद्यार्थीहरु विशेषगरी महिलाश्रमिकहरुकाे पिरमर्का बझेर समाधानका लागि पहल कदमि गर्ने अध्यक्ष पाण्डेको भनाइ छ ।
पाण्डे आफै काेरियामा कृषि क्षेत्रका श्रमिक हुनुहुन्छ । उहाँ विगत ८ वर्षदेखि कार्यरत हुनुहुन्छ । e-9 मार्फत काेरिया प्रवेस गर्नुभएको उहाले विभिन्न सेवामूलक काम पनि गर्नु भएको छ हाल अबस्थित सिस्टरहुड संस्थाकाे अध्यक्षमा रहदै पनि उहाले नेपाली श्रमिक चेलिहरुकाे समस्याका बारेमा सवाल उठाउदै आउनुभएको छ। पाण्डे सन्जीव गुरुङकाे प्यानलबाट उठ्नु भएको हाे । चुनावी मैदानमा हाेमिदै गर्दा उहाले
पाण्डेले कोरियावासी युवा नेपालीहरुको प्रतिनिधित्व गर्ने उद्देश्यले महिला संयोजक पदमा उमेदवारी दिएकाे पनि प्रष्ट पार्नुभएकाे छ l

माथि उल्लेख गरिएका महत्त्वपूर्ण कदमा साथ दिएर यहि जुलाई २९ र ३० तारिखमा हुन लागेकाे निर्वाचनमा निर्वाचित गराईदिनुहुन एनआरएनए काेरियाका संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुमा आग्रह गर्नुभएको छ। यदि आफुले निर्वाचन जितेमा काेरियाका मुख्य सहरहरुमा महिला सेल्टर सञ्चालनमा ल्याउने र काेरियामा समस्या परेका महिलाहरुकाे दरिलाे आवाज बन्ने प्रतिबद्धता गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्