December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

शनिवार दुई सय ६० नेपाली स्वदेश फर्किए

काठमाडौं, विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । थप नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको