June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

सारुक आत्महत्या प्रकरणः नम्रतासँग लिभिङ टुगेदर र बुटीको रहस्य के हाे ?

अभिनेता सारुक ताम्राकारको आत्महत्या घटनाको अनुशन्धानले रफ्तार लिन सकेको छैन। प्रहरीले सारुकको मोबाइलमा अनुसन्धान गर्न फरेन्सिक विभागमा पठाएको छ भने पोस्टमार्टम रिपोर्ट आएको छैन।

तर, प्रहरीले जाँगर नचलाएपनि आत्महत्यासँग जोडिएका कतिपय कुराहरु भने वाहिर आउन थालेका छन्। जानकारी अनुसार सारुक ‘ह्यासट्याग माया’ फिल्म निर्माणको क्रममा थिए। जसको छायाँङकन जेठ २२ गते बर्दिया राष्ट्रिय निकुञ्जबाट सुरु भएको थियो।
फिल्ममा नम्रता श्रेष्ठ, सारुकसँगै, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेल लगायत छन्। सारुक दुई वर्षदेखि फिल्म निर्माण टिमसँग जोडिएका थिए। पहिला नम्रता र सारुक अनुबन्ध भएपछि नै सारुक घर बाहिर बस्न थाले।

फिल्म निर्माणका लागि निर्माण टिमले लिएको फ्ल्याटमा नम्रता र सारुक बस्थे। उनीहरुको सम्बन्ध लिभिङ टुगेदरको तहमा रहेको फिल्म निर्माण टिमका एक सदस्यको दावी छ। तर, रोय श्रेष्ठ टिममा भित्रिए सँगै सारुक र नम्रताबिच खटपट शुरु भएको थियो।खटपट बढ्दै गएपछि सारुक फ्ल्याटमा भन्दा घरमा परिवारका साथ बस्न थालेका थिए। रातोपुलको घरमै उनले आत्महत्या गरे।

के हो बुटीको रहस्य ?
सारुकको आत्महत्या प्रकरणमा फिल्म युनिटले अर्को नयाँ रहस्य पनि वाहिर ल्याएको छ। ६ महिनाअघि अभिनेत्री नम्रता श्रेष्ठले सारुक र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङलाई मध्यरातमा दोलालघाटको मसानघाटमा पुर्याएर बुटी बाँधिदिएकी थिइन् । त्यो बुटी बाँधेपछि सारुक र राजीव गुरुङ नम्रताप्रति नतमस्तक हुने गरेको टिमका सदस्यहरु वताउँछन्।

उनीहरु मध्यरात १२ बजे दोलालघाट गएर कालो बोको पूजा गरेको अनि बुटी बाँधेर फर्किएपछि दुवै जनाको ब्यवहारमा परिवर्तन आएको उनीहरुको भनाई छ। सारुकले आत्महत्या गर्नुमा बुटीको भुमिका छ की ? भन्ने कोणबाट पनि प्रश्न उठ्न थालेका छन्।

सारुकका बुबा सानु ताम्राकारले पनि यो कुरालाई पुष्टि गरेका छन् । उनले आफूले केही समय पहिले छोरालाई सुनको सिक्री लगाउन दिएको तर आत्महत्याका बखत सिक्रिको ठाउँमा बुटी मात्र भेटेको बताए।

निर्देशक राजीव गुरुङले पनि नम्रताको भनाइमा लागेर दोलालघाट गएको स्वीकार गरे । ‘नम्रताले फाइनान्सियल्ली राम्रो हुन्छ’ भनेपछि आफुहरु कन्भिन्स भएको उनले वताएका छन्। सारुकको मृत्यु भएपछि आफुले त्यो बुटी खोलामा मिल्काएको उनले बताए।नेपालआजबाट

शीर्ष समाचार

धेरै पढिएको