November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

च्यासलमा एमालेको बैठक बस्दै

काठमाडौं, असार ३० गते – आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने तयारी रहेको छ ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भईरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो ।

बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा अन्य बिषयमा छलफल गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको