November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

ठमेलमा गुण्डागर्दी गर्ने नाइके सानुभाई भनिने युवराज गुरुङ यसरी पक्राउ परे

काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको थानकोटबाट पक्राउ परेका हुन् ।

गुण्डानाईके सानुभाईको समूहले यही असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरूङमाथि मुक्का प्रहार गरेको थियो । सञ्चालक राजेन्द्रले गुण्डानाईके सानुभाईको समूहविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

गुण्डा नाईके सानुभाईको समूहले ठमेलमा मच्चाएको गुण्डागर्दीको बारेमा रिपोर्टर्स नेपाल डटकमले फूटेजसहित पहिलोपटक समाचार प्रकाशित गरेको थियो ।

यसरी पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय गुण्डानाईके सानुभाइ भन्ने युवराज गुरूङ, टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोटका २९ वर्षीय कमल तामाङ छन्।

शीर्ष समाचार

धेरै पढिएको