November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा,सुरक्षित जग्गा खोज्दै सरकार

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ३३ वस्तीका नागरिकहरु सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुलगायत पुरै वडा जोखिम भयो । बाह्रबिसे–५ जम्बुको पहिरोमा दुई जनाको मृत्यु भयो, १७ जना बेपत्ता भएभने सोही वडामा एक हजार ५० घर जोखिम अवस्थामा छन् ।

जम्बु, कसेरी, बुकाम, खागदललगायतका पुरै वस्तीमा क्षति पुगेको छ । मान्द्रा, गाती, सोताङ, हुन्दुङ, अरुचेलगायत दर्जन वस्ती जोखिममा रहेको नगरपालिकाले जनाएको छ । बाढी र पहिरोले नगरभित्रका पाँच हजार पाँच सय सय वढी परिवार जोखिमयुक्त वस्तीमा रहेका छन् ।


जुगल गाउँपालिकाले पनि यो वर्ष बाढी पहिरोबाट ठूलो क्षति ब्यहो¥यो । जुगल गाउँपालिका–२ लिदी पहिरोमा ३७ घर पुरिए भने ३३ को मृत्यु भयो र छ जना वेपत्ता छन् । पहिरो गएकै स्थानमा एक सय ७२ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो । लिदी सँगै नाम्फामा एक सय ६०, सञ्चगाउँमा एक सय सात, नेम्लुङलगायत २९ वस्तीका आठ सय ५३ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो ।


सुरक्षित स्थान नै नभएको भनिएको भोटेकोशी गाउँपालिकाको दर्जनौ जोखिमयुक्त वस्तीमा सात सय परिवार छन् । तातोपानी भन्सारको सुख्खा बन्दरगाह र आफन्तको शरणमा दैनिकी बिताईरहेका भोटेकोशीका नागरिकहरुलाई एकीकृत र सुरक्षित जग्गाको खोजी भैरहेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेल बताउछन् ।

शीर्ष समाचार

धेरै पढिएको