April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

स्वास्थ्यमन्त्री बस्नेतको प्रष्टीकरण:  कर्मचारीले सरुवाको पत्र बुझ्न नमानेपछि कडा भएको हु

काठमाडौं,२८ असार गते – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न खोज्दा धम्की आएको बताएका छन् ।बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले चिकित्सकको दरबन्दी एउटा जिल्लामा हुने र स्वास्थ्यकर्मी अर्को जिल्लामा हुने समस्याले गर्दा स्वास्थ्यकर्मीको सहज व्यवस्थापन गर्न समस्या भएको बताए ।

कर्मचारीले राजेको ठाउँमा सरुवा नदिए झुण्डिएर मर्छु भन्ने धम्की दिएको र आफुले झुण्डिने भए डोरी दिन्छु भन्ने विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।उनले कर्मचारीको सजह व्यवस्थापन गरेर सबै क्षेत्रमा सहज सेवा पुर्याउन आफु अलिकती कडा भएको प्रष्टकिरण दिएका छन् ।

पटक-पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’

त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’उनले भने ।

विज्ञान..

शीर्ष समाचार

धेरै पढिएको