November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

थप ८ सय ८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज

काठमाडौं, नेपालमा शनिबार थप ८ सय ८४ जनामा कोरोना पुष्टि भएका छन । यी सङ्क्रमितमध्ये १८६ जना उपत्यकाको रहेका छन । देशभर ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन भने हालसम्म डिस्चार्ज हुने कुल सङ्ख्या २० हजार ५५५ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।

आज नेपालमा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगसँगै कोरोनाबट मृत्यु हुनेको कुल सङ्ख्या २०७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको