July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाउनुभएको हो ।

उहाँले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८ः३३ बजे दाहालको निधन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको