नेपाल परिवार नियोजन संघ,काठमाडौँ उपत्यका शाखा अधिवेशन सम्पन्न, सभापतिमा तारा पुडासैनी
काठमाडौँ, २७ असार । नेपाल परिवार नियोजन संघ,काठमाडौँ उपत्यका शाखाको मंगलबार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ जना पदाधिकारीमध्ये ७ जना महिला र ४ जना पुरुष सर्वसम्मत चयन भएका छन् ।
उपत्यका सभापतिमा तारा पुडासैनी र कोषाध्यक्षमा रवी श्रेष्ठ चयन भएका छन् । कार्यसमितिका युवा सदस्यहरुमा प्रमिला श्रेष्ठ, स्वर्णिमा श्रेष्ठ र पुजन खड्का चयन भएका छन् भने महिला सदस्यद्वयमा अमिता पौडेल र उज्वला सुवाल छन् । यसैगरि विशेषज्ञ महिला सदस्यहरुमा सृजना बज्राचार्य र पुष्पा जोशी छन् भने विशेषज्ञ पुरुष सदस्यहरुमा सुशील खत्री र राममान महर्जन छन् । यसपटकदेखि सभापति र कोषाध्यक्षबाहेक ९ जना कार्यसमितिका सदस्य रहेका छन् ।
संघका २८ जिल्लामध्ये काठमाण्डौ उपत्यका शाखाको ४३ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा पहिलोपल्ट अपाङ्गता तथा एचआइभि क्षेत्रलाई समेत समेटी बहुमत महिला सदस्यलाई चयन गरेको हो । शाखाले दिने सेवाहरु पनि अधिकांश महिला र शारिरीक अपाङ्गता लक्षित छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई बागमती प्रदेशकी सभासद भुवनेश्वरी श्रेष्ठ र नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा संघको उपत्यका शाखाका शाखा प्रवन्धक शरदकुमार अर्यालले शाखाका गतिविधिबारे प्रकाश पारे भने जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयाँलले शाखाले परिवार नियोजन तथा प्रजनन अधिकारको क्षेत्रमा गरेको काम कारवाहीको प्रशंसा गरे ।
प्रतिकृया दिनुहोस्