December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज

चितवन, चितवन मेडिकल कलेजद्वारा स्थापित पिसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको नि:शुल्क परिक्षण गर्न तयार रहेको जनाएको छ ।

परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग गर्न तयार रहेको । उनले भने, “एक सातासम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिँदै गएको छ । हामी सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्न तयार छौँ ।”

परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उनले आग्रह गरेका छन । सो मेडिकल कलेजले हालै मात्र रु पाँच करोडभन्दा बढी खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ । सो प्रयोगशालाले एक दिनमा एक हजार २०० देखि एक हजार ५०० सम्म नमूना परीक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५०० सम्म परीक्षण गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको