प्रसाईंको हत्याको योजना बनेको र बच्नका लागि भन्दै ३० करोड माग गर्ने रमेश पक्राउ

काठमाडौँ ,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले खोटाङ राहबेसी गाउँपालिका-१ का ४० वर्षीय रमेशकुमार गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरेको छ । गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए। उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत महाराजगंज पठाइएको छ।
तामाङले असार १३ गतेदेखि व्यवसायी प्रसाईंलाई आफू प्रवेश लामा भनेर फोन गरी ३० करोड रुपैयाँ फिरौती मागेको सीआईबीको भनाइ छ । प्रसाईंको हत्याको योजना बनिसकेको र त्यसबाट बच्नका ३० करोड चाहिन्छ भनेर उनले फोन गरेको सीआईबीले जनाएको छ ।
सीआईबीले घटनाबारे जानकारी दिँदै विज्ञप्तिमा भनेको छ, ‘मिति२०८०।०३।१३ गते अ.१८:१२ बजे देखी मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी “हत्या गर्नको लागी योजना बनि सकेको, यदि सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमान्डको रकम उपलव्ध गर्नु भयो भने तपाईंको जीवन बच्न सक्छ, तपाईंको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन तथा पटक पटक एसएमएससमेत गरी रु.३०करोड रकम माग गरी फिरौती लिन आएको अवस्थामा मिति २०८०।०३।२६ गते रमेश कुमार गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको व्यहोरा सुचित गरिन्छ । ‘
प्रतिकृया दिनुहोस्