May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

नक्कली प्रमाणपत्र पेस गरि जागिर खाएका शिक्षकविरुद्ध मुद्दा दायर

10 से कम शिक्षक हैं तो वहां एक बार में एक को ही छुट्टी | If there are less  than 10 teachers, then there is only one leave at a time. - Dainik Bhaskar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीएससीको नक्कली प्रमाणपत्र पेश गरेर लाभ र सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मोरङको श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको हो।

भारतको गयाबाट बीएससी उत्तीर्ण गरेको भन्दै झुटो शैक्षिक प्रमाणपत्र पेश गरेर अस्थायी हुँदै स्थायी शिक्षक पदमा नियुक्ति भएर लाभ र सुविधा लिएको पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

शिक्षक मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

शीर्ष समाचार

धेरै पढिएको