June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

हेलिकोप्टर दुर्घटना- प्रधानमन्त्रीद्वारा मृतकप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लामजुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको