July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचनः कार्यकर्ता हत्याको आरोप,सरकारको आलोचना

तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।

आज (शनिबार) बिहानदेखि मतदान सुरु भएपछि पश्चिम बङ्गालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेका उक्त दलले रोष प्रकट गरेको छ । “हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुई जना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्,” लामो ट्विटर पोस्टमा टिएमसीका एक जना नेताले भनेका छन् ।

शुक्रबार राज्यका परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा चार जना राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका थिए ।

यसैबीच, एएफपीका अनुसार चुनावी पश्चिम बङ्गालको चुनावी अभियानका क्रममा आज भएका राजनीतिक झडमा सात जनाले ज्यान गुमाएका छन्भने दर्जनौं घाइते भएका छन् । झडपमा सत्तारुढ दल तृणमूल पार्टीका पाँच जना मारिएका प्रहरीले जनाएको छ ।

राज्यभरका विभिन्न गाउँहरूमा मतदानसम्बन्धी हिंसामा सात जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्,“ पश्चिम बङ्गालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गरेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)ले हालैका वर्षहरूमा पश्चिम बङ्गालमा आफ्नो कब्जा जमाउन कडा परिश्रम गरेको छ । दश करोड चालीस लाख जनसङ्ख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

शीर्ष समाचार

धेरै पढिएको