May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

श्रीमतीको हत्या गरी श्रीमानले आफै गरे आत्महत्या

इलाम, असार २२ _ इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन्।गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार राति करिब साढे १० बजेतिर राधिका घरमा एक्लै रहेको अवस्थामा ृृउनको हत्या भएको हो ।जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार श्रीमतीको हत्यापछि पीताम्बरले पनि घरबाट करिब सय मिटरको दूरीमामा रहेको निबारोको रुखमा पासो लगाएर आत्महत्या गरेका छन् । पीताम्बरले दुई विवाह गरेका थिए ।
‘घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको