राष्ट्रपति पौडेलको नाममा पोखरामा १ रूपैयाँ संकलन
अनेरास्ववियु र युवा संघले राष्टपति रामचन्द्र पौडेलको नाम एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् ।दुई संगठनका प्रदेश कमिटीले बुधबार प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले जानकारी दिए ।प्रदेश, जिल्ला तथा स्थानीय तहमार्फत प्रदेशका सबै जिल्लामा अभियान चलाउने सह संयोजक घिमिरेले बताए ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।
प्रतिकृया दिनुहोस्