June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

नेपालमा काम गर्न झण्डै १४ सय विदेशीले लिए श्रम स्वीकृति

गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् ।गएको वैशाख महिनामा नौ सय ७४ र जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका हुन् ।

यता नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १५ सम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार रहेको छ ।अघिल्लो आर्थिक वर्षमा झण्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको