December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

आफ्नै घरमा मृत भेटिए रक गायक रोविन तामाङ

चर्चित रक गायक एवं अभिनेता रोविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ विष्णुमती, चिसेनीस्थित घरमा मंगलबार बेलुका उनलाई मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट भएको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन। हाल उनको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गर्नुभएका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उहाँको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको