April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

गरिब र विपन्नले उपचार नपाएर मर्न पर्दैन स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं,असार १८ गते,स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नले अब उपचार नपाएर मर्न नपर्ने घोषणा गरेका छन्।त्यसका लागि केही अस्पताललाई आर्थिक भार पर्न गए स्वास्थ्य मन्त्रालयले ब्यहोर्ने तर गरिब र विपन्नले अब उपचार नपाएर मर्न नपर्ने स्वास्थ्य मन्त्री बस्नेतले दाबी गरे।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने सहमति गरेअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या नि:शुल्क उपलब्ध गराउन सुरू गरिसकेको पनि दाबी गरे।

नि:शुल्क शय्या उपलब्ध गराउने अस्पताहरूलाई चल्न र नवीकरणपनि हुन नदिने बताउँदै उनले भने, ‘कुनै अस्पतालले कार्यान्वयन गरेनन् भने खबर गर्नुहोला। म पनि अस्पतालहरू अनुगमन गर्दैछु।’

शीर्ष समाचार

धेरै पढिएको