May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कोशी प्रदेशमा अध्यक्षसहित २६ नेताले दिए सामूहिक राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोशी प्रदेशका निवर्तमान अध्यक्ष वाशुदेव भट्टराईसहितका २६ नेताले सामूहिक रुाजीनामा दिएका छन् ।पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिनेहरुमा निवर्तमान प्रदेश अध्यक्ष भट्टराईसहित केन्द्रीय सहायक महामन्त्री देवीरमण भट्टराई,केन्द्रीय सदस्य रोहित राजवंशी,टंकनाथ आर्चाय लगायतका नेताहरु रहेका छन् ।

२०७८ मा काठमाडौंमा भएको तत्कालिन राप्रपाको महाधिवेशनमा पार्टी महामन्त्री राजेन्द्र लिङदेनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थापा अध्यक्षमा नराम्ररी पराजित भएपछि राप्रपा नेपाल गठन गरेका थिए । तर पछिल्लो समय उनको पार्टी छाड्ने नेताहरु दिनानुदिन बढिरहँदा थापालाई पार्टीको अस्तित्व जोगाउनै संकट परेको छ ।