November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

एनआरएनए जापान तोचिगी क्षेत्रिय समिति संयोजकमा सन्तोष घिमिरे सर्बसम्मत चयन

जापान । एनआरएनए जापान तोचिगी क्षेत्रिय समिति संयोजकमा (२०२३–२०२५) कार्यकालको लागि सन्तोष घिमिरे सर्बसम्मत चयन भएका छन् । शनिबार तोचिगी केनको तोचिगी सहरमा रहेको एसियन लामा रेस्टुरेन्टमा सम्पन्न चौथो अधिवेशनबाट घिमिरको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संयोजक सन्तोष घिमिरेले दिएका छन् ।

नव निर्वाचित कार्यसमितिमा संयोजक सन्तोष घिमिरे, उपसंयोजकत्रय ओम गुरुङ, सोनम शेर्पा र सम्भु थापा ,सचिब अनिल कुमार बोहोरा, सहसचिबद्वय विष्णु राज पाठक र यम.एस. ठकुरी ,कोषाध्यक्ष सुमन दुलाल ,सह–कोषाध्यक्ष रोहित मदन भण्डारी, युवा संयोजक मान पुनमगर, सदस्यहरु लाक्पा शर्पा, सन्जय लम्साल, लोकेन्द्र कार्की, रामबहादुर तामाङ्ग र विद्यार्थी सदस्यमा नरेन्द्र विष्ट रहेका छन् । यस कार्यसमितिमा महिला उपसंयोजक र महिला सदस्य पद भने तत्काललाई खाली रहेको संयोजक घिमिरेले जानकारी दिए ।

तोचिगी क्षेत्रिय समिति संयोजक मन्दिप क्षेत्रीको अध्यक्षतामा सम्पन भएको अधिवेशनमा प्रमुख अतिथि एनआरएनए जापान केन्द्रिय बरिस्ठ उपाध्यक्ष नबिन नेउरे ,विशिष्ट अतिथिहरु एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी,, एनआरएनए जापानका केन्द्रिय महासचिव सिद्धार्थ श्रेष्ठ, अनेसास जापानका अध्यक्ष रबिन शर्मा एनआरएनए तोचिगी संस्थापक संयोजक सुरेन्द्र लाल श्रेष्ठ र अतिथिहरू सल्लाहकार राजु पनेरु, भुवन गैरे , एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन कमिटीका संयोजक विकाश बस्नेत उचुनोमिया नेपाली समाजका उपाअध्यक्ष यम.एस. ठकुरी जनजाति माहासंघ तोचिगीका अध्यक्ष सोनम शेर्पाले शुभकामना मन्तव्य दिएका थिए ।

तोचिगी क्षेत्रिय समिति २०२१–२०२३ को सांगठनिक प्रतिबेदन सहसचिब आसिस खनाल र आर्थिक प्रतिवेदन सह–कोषाध्यक्ष अनिलकुमार बोहोराले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मतबाट पारित भएको अयोजक एबं पुर्ब संयोजक मन्दिप क्षेत्रीले बताए ।

नब निर्वाचित पदाधिकारीहरुलाई एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन मण्डलका संयोजक विकाश बस्नेतले पद तथा गोपनीयताको सपथ ग्रहण गराई अधिवेशन सम्पन भएको घोषणा गर्नुभएको जानकारी प्राप्त भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको