May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

टिम नेपो अभिसरण २०२३ समुद्घाटन-युवाहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण नेपालमानै हुनुपर्नेमा पूर्वस्वास्थ्य राज्यमन्त्री कल्पनाको जोड

मुना न्यौपाने
काठमाडौँ, – बागमती प्रदेशका पूर्वस्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले युवाहरूको प्रतिभा र क्षमतालाई प्रस्फुटन हुने सहजै वातावरण नेपालमा नै हुनुपर्नेमा जोड दिनुभयो ।

टिम नेपो अभिसरण–२०२३ र मिडिया ठाँटी समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुभएकी पूर्वस्वास्थ्य राज्यमन्त्री नेपालले उक्त कुरामा जोड दिनुभएको हो ।

गत असार ९ गते शनिवार चावहिलस्थित टेक्सास कलेजको सभाहलमा आयोजित कार्यक्रममा विशेष अतिथि द्रव्य शाह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दिलिप देवकोटाले युवाहरूलाई राज्यले शैक्षिक र रोजगारीको ग्यारेन्ट गर्नुपर्ने कुुरामा जोड दिँदै अब युवा पलायन हुनबाट रोक्नुपर्ने धारणा राख्नुभयो ।

उद्घाटन सत्रपश्चात् युवा शसक्तीकरण सम्बन्धी विभिन्न सेसनहरू आयोजना गरिएको थियो भने कार्यक्रममा थप रौनकता प्रदान गर्न विभिन्न सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मिडिया ठाँटीका प्रतिनिधि खाडानन्द भट्ट, व्यवसायी तथा समाजसेवी नेत्रप्रसाद पन्त, प्रेस काउन्सिल नेपालका प्रतिनिधि मदनकृष्ण सिलवाल, लाइफलाइन हेल्थ केयर होमका बोर्ड अफ डाइरेक्टर समीर जोशी, समाजसेवी तथा युवानेतृ ईश्वरी थापालगायत सयौँको संख्यामा युवा जगतको उपस्थति रहेको थियो । विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको