एनआरएनए ख्यङ्साङ कोरियाको पाचौ अधिवेशन सम्पन्न,अध्यक्षमा सुबोध भण्डारी चयन
गैर आवासिय नेपालि संघ राष्टिय समन्वय परिषद् दक्षिण कोरिया ख्यङ्साङ क्षेत्रीय कमिटिको पाचौ ऐतिहासिक अधिबेशन भब्य रुपले सम्पन्न भएको छ।
गैर आवसिय नेपालि संघ(एनआररएनए)राष्टिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख आतिथी र दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न
अधिबेशनले सर्वसम्मत कमिटी गठन गर्दै भब्य रुपमा समापन गरेका छन्।
पाचौ कार्यसमिति अध्यक्षमा सुबोध भण्डारी, उपाध्यक्षहरूमा सुदिप राई (दोस्तिहाङ्ग्) र शिव राज केसि सर्वसम्मत चयन हुदा सचिवमा कुबेर न्यौपाने ,कोषाध्यक्षमा अन्जु गुरुङ सदस्यहरुमा मोहन अधिकारि ,अर्जुन बेलबासे र बिशाल पोख्रेल सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी रिक्त रहेका पद हरुमा कमिटिको पहिलो बैठक बाट मनोनीत गर्दै पुर्ण कमिटि बनाउने निर्णय भएको छ।एनआरएनए नवौ महाधिवेशनको अध्यक्ष पदका उम्मेदवारहरु बुद्धि गुरुङ,सन्जीब राईले पनि मन्तव्य राख्नुभएको थियोे ।आफ्नो कार्यकालमा अब संस्थालाई अघि बढाउन सशक्त ढंगले अघि बढाउने नवनियुक्त अध्यक्ष सुवाेध भण्डारीकाे भनाइ छ।
प्रतिकृया दिनुहोस्