प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दयाराम कुमाल चयन- तस्बिरहरू
क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले पार्टीको प्रवास संगठन “प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी” मलेसियाको दोस्रो राष्ट्रिय अधिवेशन – २०२३ सभ्य, भब्य सम्पन्न भएको छ। मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्र्याण्ड कण्टिनेण्टलमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनको उदघाटन नेकपा एमाले पार्टीको केन्द्रिय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,सभाअध्यक्ष शेर बहादुर गुरुङ लगायतले संयुक्त रुपमा दिप प्रज्वलन गरि गरेका थिए ।
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_960644935043314-1024x784.jpeg)
सम्पन्न दोस्रो अधिवेशनको बन्दसत्रले सर्वसम्मत मञ्चको नव अध्यक्ष दयाराम कुमालको नेतृत्वमा १३ जनाको नयाँ कमिटी निर्वाचित गरेका छ्न। जसको उपाध्यक्षमा जिवन देवान गाँउले,उपाध्यक्ष खगेन्द्र श्रेष्ठ,सचीव कृष्ण खड्का,सह-सचिव रविन कार्की,सह-सचिव दिनेश खड्का “खप्तडि” रहेका छ्न , भने मञ्चको सदस्यहरुमा क्रमशः दिल्ली न्यौपाने,चित्र बहादुर थापा,प्रेम मगर,तोप नारायण भण्डारी,नेत्र खड्का,छविलाल गीरी,मोहन खाती र राधिका क्षेत्री सर्वसहमत निर्वाचित भएको हो ।
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_811461056897189-1024x576.jpeg)
मञ्चको औपचारिक कार्यक्रम समापन पश्चात् बन्दसत्र सुरु भएको थियो , सोही अवधीमा नेकपा एमालेको केन्द्रिय सदस्य कृष्ण बहादुर केसिको अध्यक्षतामा गठित ५ सदस्यीय निर्वाचन मण्डलको टोलीले मञ्चको नयाँ कार्यसमितिमा १३ जना सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए। दोस्रो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी नेकपा एमाले पार्टीको केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख आतिथ्यता तथा शेर बहादुर गुरुङको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_1025356472208124-1024x683.jpeg)
कार्यक्रममा नेपालबाट वरिष्ठ उपाध्यक्ष पोख्रेलसहित नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत,केन्द्रिय सदस्य कृष्ण बहादुर केसि ,केन्द्रिय सदस्य एवंम जि-फन्टका अध्यक्ष बिनोद श्रेष्ठ , प्रगतिशील वैदेशिक रोजगार ब्यवसायी मञ्च नेपालको अध्यक्ष जनक रावल , नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ काठमाडौंको अध्यक्ष राजेन्द्र भण्डारी , वैदेशिक रोजगार प्रगतिशील मञ्च सदस्य तथा खेलकुद बिभाग अध्यक्ष सुवर्णा क्ष्रेस्ठ लगायत अन्य थुप्रै नेताहरुको उपस्थित रहेको थियो ।
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_196944583335294-1024x683.jpeg)
त्यस्तै कार्यक्रममा मलेसियामा स्थापित संघसंस्था गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राई , जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी , थारु कल्याणकारी सभा मलेसिया लगायत थुप्रै संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
दयाराम कुमाल र राजेश बर्देवाले उदघोषण गरेको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु क्रमशः गायक बद्री पंगेनि, गायीका पुर्णकला बि.सि, मोडल तथा डान्सर करिश्मा ढकाल र गायक तथा उदघोषक राजेश बर्देवा लगायत स्थानीय कलाकारहरुले साँस्कृतिक, सांगीतिक प्रस्तुति दिइएका थिए ।
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_282120114183794-1024x683.jpeg)
अधिवेशन कार्यक्रममा स्वागत मन्तव्य जीवन देवान गाउँलेले राखेका थिए भने , प्रमुख अतिथि ईश्वर पोखरेल, महेश बस्नेत लगायत उपस्थित विभिन्न संस्थासंस्थाका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना सहित मन्तव्य दिइएका थिए, भने मलेसियाको जोहोर, पेनाङ,सेलाङ्गर लगायत राज्यको विभिन्न ठाउँहरुबाट करिबकरिब ६०० सय जना नेपाली श्रमिकहरु, ब्यवसायी, ब्यापारी, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/InCollage_20230626_225616460-1024x576.jpg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_1217550605574908-1024x768.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_666206392017316-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_710516904175558-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_960918158559252-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_224265870544675-683x1024.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_634492785275891-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_1003028627362898-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_119136421192263-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_1413007839270147-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_602025915247997-1024x683.jpeg)
![](https://hamrokantipur.com/wp-content/uploads/2023/06/received_972023633993349-1024x683.jpeg)
प्रतिकृया दिनुहोस्