May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

सुनकोशी गाउँपालिका –४ का नयन्द्र सुनकोशी नदीमा डुबेर बेपत्ता

खलढुङ्गा, असार १० गते,सुनकोशी नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका –४ का झरिमान राईका १६ वर्षीय छोरा नयन्द्र राई नदीमा डुबेर बेपत्ता भएका हुन् ।

गर्मी छल्न साथीहरुसँग सुनकोशी नदीमा पौडीखेल्न गएका राईलाई नदिले बगाएर बेपत्ता पारेको खबर स्थानीयले दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उनको स्थानीय र प्रहरीमार्फत खोजी कार्य भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको