
यूएई, इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंस्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।
भारतीय सञ्चार माध्यमहरुको अनुसार कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् । कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् ।
चेन्नईको टोली २१ अगष्टमा यूएई पुगेको थियो । ययूएई पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यथापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको आयोजक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले खरब दिएका छन् ।
चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । नाम उल्लेख नगर्ने सर्तमा स्रोतले करिब १२ जना हुनसक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । जसमा भारतीय टोलीका लागि खेल्ने दायाँ हाते मध्यम तीब्र गतिका बलर पनि छन् ।







