November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

कोरोना सङ्क्रमितलाई उपचार गर्न नौ हजार सय्या

  • 7
    Shares

काठमाडौं, नेपालमा कोरोना सङ्क्रमित दिनप्रतिदिन धेरै बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि दिनहुुँ बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ ।

ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचारका लागि एक हजार र बाँकी सात हजार लक्षण नभएको सङ्क्रमितलाई आइसोलेट गर्ने तयारि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिएका छन । उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त भइसकेको भन्दै बाँकी शय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिए ।


उनले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिएका छन । उक्त रकम भवनको भाडाबाहेक हो । “यो सरकारको नीतिअनुसार काम भएको हो”, डा. लोहनीले गोरखापत्रसँग भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या दैनिक बढेसँगै आइसोलेसन सेन्टरको पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।”


उनले लक्षण नभएका सङ्क्रमित राख्न अहिले नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा दुई सय शय्या तयारी अवस्थामा रहेको र उक्त केन्द्र तीन सय शय्या सम्मको बनाउने योजना छ भने ।

शीर्ष समाचार

धेरै पढिएको