सुदूरपश्चिम प्रदेशका मन्त्री सिंह दम्पतीको आज अन्त्येष्टि गरिँदै
काठमाडौं, असार ९- जीप दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवीको आज अन्त्येष्टि गरिँदैछ। कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले सिंह दम्पतीको अन्त्येष्टि चार दिनपछि गर्न लागिएको हो ।
बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो।
डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना हुँदा मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो।
प्रतिकृया दिनुहोस्