सिमकोटबाट हिल्सा नाका जाँदै गरेको जिप कर्णाली नदीमा खस्याे,१ जनाको मृत्यु

हुम्ला- सिमकोटबाट हिल्सा नाका जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ ।हुम्लाको नाम्खा गाउँपालिका-१ मा पर्ने च्याछहरा भीरमा उकालो चढ्दै गरेको जिप भीरबाट कर्णाली नदीमा खसेको हो ।

आज बिहान सिमकोटबाट हिल्साका लागि हिँडेको जिप करिब ७ बजे भिरबाट खसेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईका अनुसार कर्णाली प्रदेश ३०–१–०२२च५१२६नम्बरको जिप दिउँसो कर्णाली नदीमा खसेको थियो।

दुर्घटनामा गाडी चालक जनकपुर शान्तिपुर-२ धनुषाका २५ बर्षीय राजेशहेमजंग तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।१२ जना भने शकुसल रहेको धारापोरी प्रहरी चौकीलाई उद्दत गर्दे जिल्ला प्रहरीले जानकारी दिएको ।जीप सडकबाट ५सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख भट्टराईले भने खबर पाउने बित्तिकै धारापोरी प्रहरी चौकीबाट प्रहरी टोली पठाएको बताएका छन् ।जीप चिनको ताक्लाकोटमा जान सिमापास बनाउन सदरमुकाम सिमकोट आएका लिमिका १२ जना यात्रु बोकेर हिल्सा जान लागेको जानकारी प्राप्त भएको छ ।