
नवनियुक्त राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदाश वैरागीले पद तथा गोपनियताको शपथ लिएका छन् ।प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन्।निवर्तमान मुख्यसचिव समेत रहेका वैरागीले आफ्नो कार्यकाल नसकिँदै आज पदबाट राजीनामा दिएका थिए ।
आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको राजीनामा स्वीकृत गर्दै वैकुण्ठ अर्याललाई मुख्यसचिव र वैरागीलाई सुरक्षा परिषद्को सल्लाहाकार नियुक्त गरेको थियो ।वैरागी नेपालका २५ औं मुख्यसचिव हुन् । अब उनले सुरक्षा परिषद्मा मन्त्रिस्तरीय सुबिधा प्राप्त गर्नेछन् ।





