स्वास्थ्य परीक्षणमाका लागि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा
काठमाडौं, जेठ ३० गते-राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जानुभएको छ।राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार राष्ट्रपति पौडेल मंगलबार बिहान सामान्य स्वास्थ्य परिक्षणको लागि गंगालाल अस्पतामा जानुभएको हो।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रपति पौडेल सामान्य स्वास्थ्य परीक्षणको लागि गंगालाल अस्पतालमा जानुभएको हो।’’यसअघि स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो। त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो।
प्रतिकृया दिनुहोस्