निःशुल्क एम्बुलेन्स सेवा प्रधान गर्ने बाह्रबिसे नगरका मेयर बस्नेतकाे घाेषणा

बाह्रबिसे नगरपालिका का मेयर बालकृष्ण बस्नेत

साउनसम्ममा स्थानीय नगर बासिलाई निःशुुल्क एम्बुलेन्स सेवा प्रधान गर्ने बाह्रबिसे नगरपालिका का मेयर बालकृष्ण बस्नेतले बताउनुभएको छ ।

साेमबार नेपाली कांग्रेस क्षेत्र नं.१ का कार्य समितिद्वारा बाह्रबिसेमा आयोजित क्षेत्रीय सम्म्मेलन कार्यक्रमलाई संबाेधन गर्दै मेयर बस्नेतले उक्त कुरा बताएका हुन् । त्यसैगरी अब छिटै शवबाहानकाे पनि नगरले व्यवस्था गर्ने बताउनु भएको छ ।

देशभरका नगरपालिकाहरुले तिब्र गतिमा आफ्ना स्थानीय पालिका बासिहरुलाई सेवा सुविधा र नयाँ आयाेजनाहरु उपलब्ध गराईरहेकाे हुँदा मेयर बस्नेतमा पनि पालिकाबासि हरुकाे अत्यावश्यक सुविधाको बारेमा ध्यानाकर्षण भएको बुझ्न सकिन्छ ।