सरकार दुनियाँभर भिख माग्ने अवस्थामा छ-प्रधानमन्त्री

काठमाडौं, सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।शुक्रबार रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त दाबी गरेका हुन्।

उनले भने, ‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ। प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ।

तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन्। दाहालले भने नेपाल आफैमा सुनको कचौरा जस्तो छ। हामी दुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ। सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ।