December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

१६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गरेका डाक्टर गाैरवकाे ४१ वर्षकाे उमेरमा निधन

चर्चित मुटुराेग विशेषज्ञ सर्जन डाक्टर गाैरव गान्धीकाे निधन भएकाे छ । गान्धीकाे हृदयघातका कारण मङ्गलवार निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतकाे गुजरातका ४१ वर्षीय गान्धी पेलेस राेडमा रहेकाे आफ्नाे घरमा सुतेकाे अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए ।

डाक्टरले उहाँलाई मृत घाेषित गर्दै हृदयघातका कारण ज्यान गएकाे बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेकाे छ। 

डा. गान्धीले आफ्नाे मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गर्नुभएकाे थियाे । डाक्टर गान्धी फेसबुकमा ‘हाल्ट हार्ट अट्याक क्याम्पेन’ मा पनि जाेडिनुभएकाे थियाे । याे देशभर हृदयघातकाे कारण भइरहेकाे मृत्युकाे विरुद्ध एक अभियान थियाे । उहाँले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आउनुभएकाे थियाे ।

शीर्ष समाचार

धेरै पढिएको