November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

दैलेखमा एक पत्रकारमा कोरोना पोजेटिभ

दैलेख, दैलेखमा आज एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण पुष्टि भएको हो ।

महामारीका बेला सक्रिय ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसनमा राखिएको छ । नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीले सङ्क्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको बताएका छन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको