December 9, 2023, Saturday
२०८० मंसिर २३, शनिबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १८ जेठ गते। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानमाथि नै ‘कु’ गरेको उनको आरोप छ । साथै, अधिवक्ता भण्डारीले .सबै अधिवक्ताहरुलाई यसै रिटमा रिट निवेदक हुनसमेत आग्रह गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणसँगै देश फिजीकरण र सिक्किमीकरणको पथमा जान लागेको उनको आरोप छ । ‘नागरिकता विधेयक संविधान र कानुनको मर्म विपरीत छ ।

यसकाविरुद्धमा हामी आज सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै छौं । नागरिकता विधेयकले देशलाई संकटपूर्ण अवस्थामा पुर्याएको छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै अधिवक्ता भण्डारीले भने ।

शीर्ष समाचार

धेरै पढिएको