December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

नेपाली कांग्रेसका क्षेत्रीय सभापती बस्नेतद्वारा अबरुद्ध सडक सञ्चालनमा

  • 2.1K
    Shares

सिन्धुपाल्चोक बाह्रबिसे – नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले कर्थलीमा पहिराेले अबरुद्ध सडक आफ्नाे पहलमा खुलाएका छन् । लगातार परेको वर्षाका कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालीका २ साविक कर्थली ६ मा साउन १९ गते बिहान ५:३० बजेको समयमा आएको बाढीपहिरोबाट तीन घर पुर्ण क्षेती र २०० घर उच्च जोखिममा परेको थियो साथै सडक पुर्ण अबरुद्ध भएको थियो ।

उक्त स्थानमा बाह्रबिसे नगरपालिकाले सडक सञ्चालनमा ल्याउनुका साथै पिडित परिवारलाई टेन्ट वितरण गरेकाे थियाे । साेहि स्थानमा भदाै १० गते पुन पहिराे गई सडक अबरुद्ध भएकोले बस्नेतले स्काईभेटर लगि सडक सञ्चालनमा ल्याएकाे छ । अबरुद्ध सडकमा ठूला ठुला ढुङ्गाहरु आएर बसेकाेले स्थानीयलाई आवतजावतमा समेत कठिन भैरहेकाे थियाे ।

सडक आबद्ध भएको विषयमा वडा अध्यक्ष बम बहादुर तामाङ घटनास्थल पुगि तीन वडा टेण्ट वितरण गरेर फर्किएका थिए भने सडकभने एक हप्ता नखुल्ने बताएका थिए । अबरुद्ध सडक नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले स्थानिय वासिलाई सम्भावित दुर्घटना हुनसक्ने र आपतकालिन अबस्थामा आवात जावत गर्न ज्यादैनै कठिन भैरहेकाे बताउदै जनताकाे सहजताका लागि आफुले पहल गरेकाे बताए । उनले आफ्नो व्यक्तिगत सहयोगमा अबरुद्ध सडक मर्मत गरि कर्थलीवासिलाई सहजता दिलाएका छन् ।


शीर्ष समाचार

धेरै पढिएको