
काठमाडौं, शुक्रबार नेपालमा थप ९ सय २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३६ हजार ४ सय ५६ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या १६ हजार ०१९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन । देशभर डिस्चार्ज हुने कुल सङ्ख्या २० हजार २ सय ४२ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा ४ हजार ९ सय ३९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
आज मात्र नेपालमा कोरोना सङ्क्रमणबाट १२ जनाको निधन भएको छ भने हालसम्म मृत्यु हुनेको सङ्ख्या १९५ रहेको छ ।







