November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

सरकारलाई दिएको समर्थन फिर्ता लिदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको उच्च स्रोतको दाबी छ ।

यो बीचमा सभापति रवि लामिछानेले मुख्य दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमाले, रास्वपासहितको नयाँ गठबन्धनको खाका प्रस्तुत गरेको चर्चा छ ।

पार्टीभित्र अधिकांश सांसदहरु अहिले सरकारमा जानुभन्दा प्रतिपक्षमै बस्नुपर्ने पक्षमा छन् । तर, सभापति लामिछानेले भने डेलिभरी दिनसक्ने मन्त्रालयको नेतृत्व पाए सरकारमा सहभागी भएर जनताको पक्षमा काम गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा सहभागी गराउन हरस्म्भव प्रयास गरिरहेका छन् । उनी अझैपनि रास्वपा सरकारमा सहभागी हुनेमा विश्वस्त छन् ।

तर, लामिछाने भने भोलि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रचण्डसँगको सहकार्य तोड्ने पक्षमा पुगेको विश्वस्त सूत्रको दाबी छ । लामिछाने अब सरकारमा पनि नजाने अनि दिएको समर्थन पनि फिर्ता नलिनेगरि अनिर्णयको बन्दी नबन्ने बरु प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बोल्ड डिसिजन गर्ने मुडमा पुगेका छन् ।

आज साँझ र भोलि विहानसम्म प्रधानमन्त्री दाहालसँग कुनै समझदारी भए अर्कै कुरा नभए भोलि नै रास्वपा सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निश्चित् भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको