November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

दिपक मनाङे अभिनयमा डेब्यु गर्दै

पोखरा, वैशाख २१,गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् ।अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ ।

सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहितको बाँकी छायांकन अस्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले बताए । एक्सन र लभस्टोरी आधारित यो फिल्ममा ३ नायक र २ नायिका हुनेछन् ।

मनाङले पहिलोपटक फिल्म ‘वन वे’ निर्माण गरेका थिए । पछि उनले ‘पोइ प(यो काले’ र ‘२ नम्बरी’ मा पनि लगानी गरेका थिए । आफूले अभिनयमा डेब्यु गर्न लागे पनि छोरा सिद्धार्थलाई फिल्म ‘वन वे’मा उतारिसकेका थिए ।

गत ४ मंसिरको प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र सांसदमा निर्विरोध भएका मनाङले अहिले नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गरेका छन् ।

२०७४ सालको प्रदेशसभा चुनाव जितेर उनले गण्डकी प्रदेश सरकारको राजनीतिक खिचातानीबीच तीनपल्ट मन्त्री बन्ने सौभाग्य पाएका थिए ।यसपालि भने कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन चाहेका छैनन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको