May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

प्रवासी नेपाली मञ्च काेरियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काेरिया,प्रवासी नेपाली मञ्च दक्षिण काेरियाकाे आयोजनामा यही अप्रिल ३० तारिख ( बैशाख १७ गते)का दिन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमकाे सञ्चालन अन्जन कुलुङ राइले गर्नुभएकाे थियो भने कार्यक्रम को अध्यक्षतामा सृजना नेपाली हुनुहुन्थ्याे ।

नेकपा एमाले स्थाइ कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अप्रिल ३० तारिख आइतबारका दिन काेरियाकाे राजधानी सियाेलमा भव्य रूपमा सम्पन्न भएको हाे ।

कार्यक्रमको विशेष अतिथिमा पूर्व प्रधानमन्त्री केपि ओलिका आइटी सल्लाहकार एवम् आइटी विज्ञ अस्गर अलि ,अतिथिका रूपमा ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य सन्जु पौडेल र पूर्वि एसिया समन्वय कमिटीका सह संयोजक मिना थापा लगाएतको उपस्थिति थियो।

कार्यक्रमका आयाेजक प्रवासी नेपाली मञ्च काेरियाले निक नेपाल ट्राभलकाे सभाहल दाेङ्देमुनमा उक्त कार्यक्रम सम्पन्न गरेका हुन् । समृद्ध नेपाल निर्माणमा प्रवासीकाे याेगदान प्रवासबाट लगानी प्रवासबाटै मतदान भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेकाे थियोे ।